आन्दोलनको अनुगमनको लागि आयोगको टोली रुकुममा



धनवीर दाहाल, रुकुमकोट ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट सार्ने सरकारको निर्णय विरुद्ध बिगत केही दिनदेखीे रुकुमकोटमा भइरहेको आन्दोलनको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली रुकुम पुर्वको रुकुमकोटमा पुगेको छ ।

रुकुमकोटमा भइरहेको आन्दोलनको र सरकारले सार्ने निर्णय गरेको ठाँउ पुथा उत्तरगंगाको गोलखाडाको पनि अवस्था अध्ययन गरिने राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंजका मानवअधिकार अधिृकत टंक खनालले बताउनुभयो ।

खनालको नेतृत्वमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंजको टोली शनिबार रुकुम पुर्वको रुकुमकोटमा पुगेको हो । यस अघि शुक्रबार रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा समग्र मानवअधिकारको जिल्लाको अवस्थाको बारेमा जिल्ला स्तरमा अन्र्तक्रिया कार्यक्रम भएको थियो ।

प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्य सहित जिल्ल स्थित सरोकारवाला निकाय र मानवअधिकार आयोगका प्रतिनिधि बिच पछिल्लो अवस्थामा रुकुम पश्चिमको मानवअधिकारको अवस्थाको बारेमा परामर्श भएको थियो ।

रुकुम पुर्वको रुकुमकोटको सदरमुकाम सार्ने निर्णयका बिरुद्ध सर्वोच्चमा परेको रिटका बिषयमा आइतबार सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागी बोलाएको छ । संभवत अदालतले आइतबार निर्णय दिने अपेक्षा गरिएको छ । रुकुमकोटमा भने शान्तिपुर्ण आन्दोलन जारी रहेको छ । शनिबार पनि बिहानै देखी प्रर्दशन गरिएको छ । जिल्ला सदरमुकाम रुकुमकोटमै कायम गर्नुपर्ने माग सहित रुकुमकोटबासी आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्