माउन्ट ग्लोरीलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
माउन्ट ग्लोरीले दोस्रो नेफ–साइपाल यु–१६ फाइभ ए साइड उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा माउन्ट ग्लोरीले नेपालयलाई ७–० गोलले पराजित ग¥यो। आयुश घलानले ह्याट्रिक गरे भने प्रीतम तामाङ र दिपेश गुरुङले २–२ गोल गरे। चुच्चेपाटीमा भएको प्रतियोगितामा विज्ञानले तेश्रो स्थानमा चित्त बुझायो। माउन्ट ग्लोरीका ह्याट्रिक कर्ता आयुश उत्कृष्ट खेलाडी घोषित भए भने विज्ञानका सागर अधिकारी उत्कृष्ट गोलरक्षक चुनिए।

प्रतियोगिताबाट उत्कृष्ट १६ खेलाडी छनोट गरी फिलिपिन्समा मैत्रीपूर्ण प्रतियोगिताका लागि अवसर दिइने नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए। त्यस्तै अन्य १० उत्कृष्टलाई साइपालले प्लस टु अध्ययनका लागि ६० हजारबराबरको छात्रवृत्ति प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्