फागुन ६ गतेदेखी बामको सरकार – दाहाल



नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ६ गते नयाँ सरकार गठन हुने बताएका छन्।

अध्यक्ष दाहालले निर्वाचन आयोगले फागुन ५ गतेभित्रै निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिरहेकाले पनि ६ गते नयाँ सरकार बन्ने सम्भावना रहेको प्रष्टयाएका हुन्। चितवनको भरतपुर विमानस्थलमा उनले संचारकर्मीमाझ शुक्रबार बिहान राष्ट्रपति विद्या भण्डारीसँगको भेटमा पनि नयाँ सरकार गठनका विषयमा छलफल गरिएको जानकारी दिए।

अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको दाबी समेत गरे। उनले पद बाँडफाँटमा कुरा नमिलेका कारण पार्टी एकतामा ढिलाई भएको भन्ने भनाई सत्य नभएको पनि स्पष्ट पारे।

अध्यक्ष दाहालले एमाले नेताहरूको कार्य व्यस्तताका कारण शुक्रबार बोलाइएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित गरिएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्