प्रदेश ३ को मुख्यमन्त्री डोरमणि बन्ने पक्का



काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

डोरमणी ३४ मतका साथ वीजयी भएका छन् ।  एमाले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरेकी थिईन् ।मुख्यमन्त्रीको दाबी गर्दै आएकी शाक्यको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको छ । मुख्यमन्त्रीका अर्का दाबेदार राजेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी नै दिएनन् ।

प्रतिक्रिया दिनुहोस्