शिक्षाराज्यमन्त्री र सिपी मैनाली घरेलु हतियार सहितका स्थानियको कब्जामा



काठमाडौं ।  नागढुंगा–नौबिसे सडक विस्तार कार्य ढिलाई गरेको भन्दै स्थानियले शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र नेकपा मालेका महासचिव सिपी मैनालीलाई कब्जामा लिएका छन ।

बाटो विस्तार कार्य छिटो नगरींदा धुवाँ धुलोले सताएको भन्दै उनिहरुले कब्जामा लिएको बताएका हुन । काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगा–नौबिसे सडक विस्तार कार्य तत्काल नभए सबैलाई कब्जामा लिएने चेतावनी समेत घरेलु हातहतियार सहित सडकमा उत्रिएका स्थानियले दिएका छन । अहीले सो सडक खण्ड पुरै ठप्प छ । स्थानियले कलंकी-नागढुंगf सडक खण्डकाे बाडभञ्ज्याङमा स्थानियले मन्त्री कब्जामा लिएका हुन ।

सडक बन्द गर्न स्थानिय दिनेश परियारको नेतृत्मा आन्दोलनकारी सडमा बसेका छन । प्रहरी घटना स्थलमा पगेको भएपनि प्रहरीको केही सिप नचलेको बताइएको छ । मन्त्रीले बाटाे बनाउन माथिल्लाे निकाएमा पहल गर्ने बताएपनि स्थानियले प्रधानमन्त्रीले प्रतिबद्धता जनाए मात्रै छाड्ने बताएका छन । अहीले नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरेपनि स्थिति तनावग्रस्त छ । थप प्रहरी घटनास्थल गएकाे बताइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्