कोल्ड वार तोड्दै कट्रिना



केही दिनअघि बलिउड सुन्दरी दीपिका पादुकोणले एक अन्तरवार्तामा आफ्नो बिहेमा कट्रिना कैफलाई नबोलाउने बताइन्। त्यसअघि एक टक शोमा कट्रिनासँग दीपिकालाई आफ्नो साथी मान्नुहुन्छ या हुन्न भन्ने सवालमा उनले मौनता साँध्दै मान्दिनँ भन्ने जनाउ दिइन्।

बलिउडमा यी दुई टप नायिकाबीच यो कोल्ड वार केही समयअघिदेखि नै चलिहरेको छ। चर्चा गरिरहनुपर्दैन कि यसको कारण केवल रणवीर कपुर हुन्।

दुवै नायिका रणवीरको पूर्वप्रेमिका रहिसकेका छन्। यस्तोमा एक–अर्काप्रति गुनासो या ईष्र्या हुनु सामान्य भएको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्। यद्यपि अब दुवै अगाडि बढिसकेका छन्। तर, दुवै सुन्दरीबीच एक–अर्काप्रतिको मनमुटाव सकिएको छैन। यसै बीच भारतीय सञ्चारमाध्यमले जनाएअनुसार कट्रिनाले दोस्तीका लागि हात अगाडि बढाएकी छिन्। कट्रिनाले हालै सामाजिक सञ्जालमा दीपिकाको एक तस्वीरमा लाइक गरेर दोस्तीको हात अगाडि बढाएकी हुन्। कट्रिनाले डिजाइनर अनामिका खन्नाले पोस्ट गरेको दीपिकाको फोटोमा लाइक गरेकी हुन्। यसबाट कट्रिनाले आफूहरूबीचको असमझदारी हटाई अगाडि बढ्न चाहेको सन्देश दिएको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्।

दीपिका हाल आफ्नो ब्लकबस्टर फिल्म पद्मावतको सफलता मनाइरहेकी छिन् भने कट्रिना अमिर खान र अमिताभ बच्चनका साथ ठग्स अफ हिन्दुस्तानको सुटिङ गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्