यस्ताे छ पार्टी एकता संयोजन समितिको अाजकाे निर्णय



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियालाई गति दिन शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहिबार भएको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे छलफल भएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए।

राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढेका सन्दर्भमा पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको महराले बताए।

संयोजन समितिको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल भई वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिक रुपमा मिलान गर्न समिति गठन गर्ने तयारी हुने बुझिएको छ ।

एकता प्रक्रियाले गति नलिएको तथा पछिल्ला दिनमा दुई नेताबीच छलफलसमेत हुन छाडेको सन्दर्भमा बिहिबार उनीहरुबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्