विद्यार्थी नपाएर सरकारी विद्यालय बन्द



नविन लामिछाने, मनाङ । हिमाल पारीको जिल्ला मनाङका सरकारी विद्यालयहरु विद्यार्थी अभावले संकटमा परेका छन् ।

४ वटा माध्यमीक र २४ वटा आधरभुत गरी जम्मा २८ वटा सरकारी विद्ययलय रहेका यस जिल्लामा नयाँ शैक्षिक शत्रशुरु हुन केहि दिन मात्र वाँकि छ ।

प्ररत्ेक विद्यालयले फागुनको पहिलो सातवाट भर्न अभियनलाई तिव्रता दिने निर्णय गरेता पनि प्रभावकारी भने हुने देखिदैन । परपर मनाङका वालबालिकाहरु मनाङमा नहुनु र मनाङमा कामगर्न आउने कामदारका बालबच्चाहरु कामको शिलशिलमा बाबा आमाको पछि लाग्नाले समस्या परेको हो ।

गत शैक्षिक शत्रको जिल्ला भरीको विध्यर्थी संख्या हेर्ने हो भने लगभग ६ सयको हाराहारीमा रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङकले बताउँछ ।

यस अघि नै जिल्लाका ६ वटा विद्यालयमा विद्यार्थी संख्या शून्य हुँदा विद्यालयहरु वन्द हुदै आएको छ । गउँमा रहेका विद्यार्थीहरु शहरवजारका वोर्डिङ स्कुलमा भर्ना गरेपछि विद्यालयहरुमा विद्यार्थी संख्या शून्य भएको हो ।

विद्यार्थी शून्य भएका विद्यालयहरुमा तिलिचो आधारभूत टंकी आधारभूत, भ्राका आधारभूत, ङावल आधारभूत, घ्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय रहेका छन् ।

गत शैक्षिक सत्रमा २६ जना विद्यार्थी रहेको तिलीचो आधारभूत विद्यालयमा चालु शैक्षिक सत्रमा ४ जना विद्यार्थी रहेकोमा हाल विद्यर्थाी नहुदा तिलीचो आधारभूत विद्यालय वन्द हुने अवस्थमा छ ।

त्यस्तै हुम्डे स्थित हुम्डे आधारभूत विद्यलमा विद्यार्थी संख्या शून्य हुदा विद्यालयका कक्षा कोठाहरुमा ताला लागेको छ । विद्यार्थी नभएपछि यस विद्यालय २ वर्षदेखि वन्द हुदै आएको छ ।

टंकी मनाङ स्थित टंकी आधारभूत विद्यालयमा विद्यार्थी नहुदा विद्यालय वन्द हुदैआएको विद्यालयका प्रअ लोक वहादुर सुवेदीले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीयहरुले आफ्ना छोरा छोरी शहर वजारमा भर्ना गर्ने गरेका कारण मनाङका सरकारी विद्यालयहरुमा विद्यार्थी घट्दै गएको मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकरीले बताए ।

आगामी शैक्षिक सत्रदेखि जिल्ला शिक्षा कार्यलय नरहने हुदा स्थानीय निकायले विद्यालयको व्यवस्थापन कसरी गर्ला भन्ने चासो र चिन्ता समेत जिल्लावासीले गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्