ललितपुरको शंखुमा मिनिट्रक खस्दा चालकको मृत्यु



काठमाडौं । ललितपुरको शंखुमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शंखुस्थित लाकुरी भञ्ज्याङ भन्ने ठाउँमा मिनिट्रकको दुर्घटना भएको हो ।

दुर्घटनामा परि स्थानीय ५० वर्षिय राजन चौरेलको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेको स्थानीय मिलन घिसिङले बताउनुभयो ।
चापागाउँदेखि शंखु चल्ने बा १ क ६७४० नम्बरका मिनिट्रक शंखुको लाकुरी भञ्ज्याङ भन्ने ठाउँबाट ७ सय मिटर तलतिर खसेको बताईन्छ । उक्त मिनिट्रकले घर निर्माणका लागि ईटा लगेर गईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्