सरकारी अस्पतालमा नै छैन औषधि



सरिता चलाउने, सल्यान । सल्यानको एक सरकारी अस्पतालमा औषधि अभाब भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १२ मा रहेको स्वास्थ्य चौकी बाफुखोलामा औषधि अभाब भएको हो ।

औषधि अभाब हुदाँ बिरामीहरुले निजी स्वास्थ्य संस्थाहरुमा किनेर खानु पर्ने बाध्यता रहेको छ । स्वास्थ्य चौकी बाफुखोलामा आयोजना गरेको एक कार्यक्रममा स्थानियले औषधिको ब्यबस्था गर्न माग गरेका छन । बिरामी भएर स्वास्थ्य चौकी आउदा औषधि छैन भनेर स्वास्थ्यकर्मीले खाली हात पठाउने गरेको उनीहरुले गुणासो गरेका थिए ।

बिगत झण्डै एक महिना देखी स्वास्थ्य चौकीमा औषधिको अभाब भएको निमित्त ईन्चार्ज धनमाया बस्नेतले बताउनु भयो । उहाँले स्वास्थ्य चौकी बाफुखोलामा अत्याबश्यक औषधि नभएको बताउनु भयो ।

‘यस स्वास्थ्य चौकीमा ३९ प्रकारका औषधि हुनु पर्छ, अहिले बढीमा १५/१६ प्रकारका औषधि मात्रै छन’ उहाँले थप्नुभयो –‘दैनिक रुपमा चाहिने आईरन चक्की, ब्रोफिन जस्ता औषधि छैनन् ।’ उहाँले स्वास्थ्य संस्थामा आउने बिरामीहरुलाई औषधि छैन भनेर खाली हात फर्काउने गरेको बताउनु भयो ।

नगरपालिकाले औषधि अहिले सम्म २ पटक औषधि पठाएको उहाँले बताउनु भयो ।

‘यो क्षेत्र ठूलो छ, यहाँ रुकुम, रोल्पा बाट पनि सेवाग्राही आउछन, तर नगरपालिकाले अत्याबश्यक औषधि थोरै पठाउछ, बढीमा एक महिनामा सकिन्छ’– उहाँले भन्नु भयो । यस स्वास्थ्य चौकीमा अहिले पनि दैनिक रुपमा ५०/६० जना बिरामी आउने गरेका छन् ।

स्वास्थ्य चौकी ब्यबस्थापन समितीका अध्यक्ष तथा बागचौर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दिपक वलीले औषधि अभाब भएको र नगरपालिका संग माग गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्