‘सुुरक्षा दिन नसक्ने प्रहरीलाई कार्वाहि’



SONY DSC

विमल विष्ट, डोटी । ७ नं. प्रदेश प्रहरी प्रमुख एआईजी माधबप्रशाद नेपालले जनतालाई सुरक्षा दिन नसक्ने र जिल्लामा शान्ति शुरक्षा कायम गर्न नसक्ने प्रहरी प्रमुख लाई कार्वाहि गरिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय डोटीले जिल्ला सदरमुकाम सिलगढीमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा ७ नं. प्रदेश प्रहरी प्रमुख एआईजी नेपालले सो कुरा बताउनु भएको हो । पत्रकार सम्मेलनमा बोल्दै एआईजी नेपालले भन्नु भयो ‘जिल्लामा जनताको शान्ति शुरक्षा गर्ने जिम्मेवारी लिएर खटिएका प्रहरी अधिकारीले शान्ति शुरक्षा दिन सकने भने म तत्काल कार्वाही गर्छु,हामी जनताका सेवक हौ,जनतालाई शुरक्षा दिनु हाम्रो पहिलो जिम्मेवारी हो ।’

समग्र शुदूरपश्चिमको शान्तिशुरक्षा पछिल्लो समय सकारात्मक रहेको बताउदै एआईजी नेपालले थप भन्नु भयो ‘यहाँका पहाडी जिल्ला भन्दा पनि तराईका जिल्लामा शान्तिशुरक्षामा केहि थ्रेट थियो तर त्यहाँ हामीले छिमेकी देशका सुरक्षा अधिकारी संग समन्वय गरेर अपराधिक क्रिया कलाप घटाउनुका साथै अपराधीहरुलाई कानुनी कार्वाहिको दायरामा ल्याएका छौ,सुदूरपश्चिममा डराउनु पर्ने अवस्था छैन् ।’

सोहि पत्रकार सम्मेलनमा एआईजी नेपालले सुदूरपश्चिमका पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गरिनुका साथै चाहेको बेला प्रहरी शुरक्षा दिईने दाबी समेत गर्नु भयो । सुदूरपश्चिम बाट लामो समय देखी बेपत्ता पारिएका कञ्चनपुरका पत्रकार प्रकाश ठकुरीको खोजबिनका लागि प्रहरी टोली लागि परेको समेत एआईजी नेपालले बताउनु भयो ।
डोटी लगायत समग्र सुदूरपश्चिमका पत्रकारहरुले निश्पक्ष तथा कसैको धाक धम्कीमा नलागि निडरका साथ आफना कलम चलाउन पनि एआईजी नेपालले आग्रह गर्नु भयो ।

आफुले पनि पत्रकारीता पेसा बाट डिग्री हासिल गरेको र पत्रकारीता पेसाको आफुले सधै सम्मान गर्ने भएकाले पत्रकारहरुले कुनै डर धम्कीमा नपरी समाचार लेख्न आग्रह गदर्छु उहाँले भन्नुभयो ‘निडर र निस्पक्ष समाचार लेख्नुहोस सुरक्षा दिने जिम्मा हाम्रो ।’

उक्त पत्रकार सम्मेलनमा डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री,जिल्ला प्रहरी प्रमुख मधुसुदन लुईटेल, प्रहरी अधिकृतहरु,पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बम लगात डोटी बाट बिभिन्न सञ्चार माध्यम संग आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्