प्रदेश नं ६ः मुख्यमन्त्रीका दावेदार यामलाल बने एमाले संसदीय दलको नेता



कालीवहादुर मल्ल, कालिकोट । एमाले नेता यामलाल कँडेल प्रदेश–६ को प्रदेश सभामा एमाले संसदीय दलको नेता चयन भएका छन्।
पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कँडेल हाल एमालेको प्रदेश–६ का सहसंयोजक समेत हुन्।

एमालेको तर्फबाट प्रदेश–६ को संसदीय मुख्यमन्त्रीको दावेदार समेत हुन्। तर भागबण्डामा प्रदेश–६ माओवादी केन्द्रको भागमा परेको छ।

यस प्रदेशबाट एमाले संसदीय दलको नेताका लागि प्रकाश ज्वालापनि दावेदार थिए। तर, कँडेल निर्विरोध निर्वाचित भए।

बिहिबार बसेको एमाले प्रदेश सभा दलको बैठकले कँडेललाई प्रदेश सभा दलको नेता चयन गरेको हो।

प्रतिक्रिया दिनुहोस्