नेपाल र नामिबियाबीचको क्रिकेट भिडन्त, कसले मार्ला बाजी ?



टस जितेर फिल्डिङ गर्दै नेपाल

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल फेरि विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ मा प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो १ बजेबाट नेपालल नामिबियाबीचको खेल सुरु भएको छ । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट घटुवा भएपछि तीन वर्षमा दोस्रो पटक डिभिजन २ मा खेल्न लागेको हो ।

यो प्रतियोगिता नेपालको लागि आईसीसी विश्वकप क्रिकेट २०१९ मा छनोट हुन खेल्ने पाउने अवसर हो । नेपालले यसको लागि शीर्ष दुईमा रहनुपर्छ र नेपालका कप्तान पारस खड्काले विश्वकप छनोट खेल खेल्ने विश्वास गरेका छन् । यसैले पनि नेपालले आज हुने खेल जित्ने आशा गर्न सकिन्छ ।

विगतको इतिहास पल्टाए पनि आयोजक नामिबियाविरुद्ध नेपाल भारी रहेको छ । नामिबियासँग नेपालले अहिलेसम्म तीन खेल खेलिसकेको छ । यसअघि नेपालमै भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दुई खेल खेलेको थियो । सन् २०१६ मा कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले दुई खेल क्रमशः ५ र ३ विकेटले जितेको थियो । यो भन्दा अगाडि डिभिजन २ मा पनि नेपाल ३ विकेटले नै जितेको थियो ।

यो आंकडाले हेर्ने हो भने नेपालले जित हासिल गर्न संघर्षरत रहेको कुरालाई भने बिर्सन हुन्न । नामिबियालाई उसैको घरेलु भुमिमा हराउन नेपालको रणनीति कस्तो हुन्छ त्यो खेल शुरु भएपछि थाहा हुनेछ । तीन वर्ष अघिको डिभिजन २ को खेलमा नामिबियाले धेरै लक्ष्य दिएको थिएन । मात्र १ सय ४३ रनको लक्ष्यमा पुग्न नेपालले सात–सात विकेट गुमाएको थियो । त्यो त कप्तान पारसले ६४ रन बनाइदिदा नेपालको संभावित हार टरेको थियो ।

यसै क्रममा २०७३ वैसाखमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा समेत नामिबियाले नेपाललाई तगडा चुनौती दिएको थियो । नेपालले नामिबियाले दिएको मध्यम लक्ष्य भेटाउन पनि एक पछि अर्को विकेट गुमाएको थियो । दोस्रो खेलमा १ सय ९६ रनको लक्ष्यमा पुग्न पारसले नै नेपाललाई जित दिलाएका थिए । उनले सतक प्रहार गरे ।

जबकी नेपालले लक्ष्य भेटाउन सात विकेट गुमाएको थियो । यसैले पनि नेपालले नामिबियासँग सम्हालिएर खेल्नु पर्ने हुन्छ ।

नेपाली टोली

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

प्रतिक्रिया दिनुहोस्