प्रदेश ६ मा वाम गठबन्धनको सतप्रतिशत जित



नेपाल समाचारपत्र, सुर्खेत ।

राष्ट्रिय सभा चुनावमा प्रदेश नम्बर ६ बाट वाम गठबन्धनले सतप्रतिशत जित हासील गरेको छ ।

प्रदेशका ८ वटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । एमालेबाट उम्मेदवारी दिएका नरपति लुहार, कविता बोगटी, नन्दा चपाई शर्मा, भैरव सुन्दर श्रेष्ठ र ठकेन्द्रप्रकाश पुरी विजयी भएका छन भने माओवादी केन्द्रका तर्फबाट कालीबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल लामा विजयी भएका हुन् ।

नेपाली कांग्रेसबाट सहभागि चारै जना भने पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्