आइसीसी विश्व क्रिकेट लिगः आज नेपाल नामिबियासँग खेल्दै



काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले पहिलो खेल आज घरेलु टिम नामिबियासँग खेल्दैछ ।

नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवाँ १ बजे बजेपछि खेल सुुरु हुनेछ । नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार व्यहोर्दै नामिबिया पुगेको छ ।

नेपाली कप्तान पारस खड्काले नेपाली टिम हरेक खेलमा जित्नका लागि मैदान उत्रने बताएका छन् । नेपालले यसअघि पनि खेलिसकेको नामिबिया बलियो टिम रहेको उनको भनाई छ ।

यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ । सन् २००१ मा भएको आइसीसी ट्रफीमा नामिबियाले नेपाललाई ८ विकेटको हराएको थियो । सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ मा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो ।

यस्तै सन् २०१६ को अप्रिलमा कीर्तिपुरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले नामिबियासँग ५ विकेटले र सोही प्रतियोगिताको दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

कप्तान पारस खड्काले उक्त खेलमा शतकीय पारी खेलेका थिए । युएइमा ३ अभ्यास खेल खेलेको नेपाली टोली उतैबाट नामिबिया पुगेको हो । ६ टीम रहेको प्रतियोगिताको शीर्ष २ मा रहने टीमले विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्