सर्वसाधारण मारिए



दमास्कस,, (एजेन्सी)
सिरियाको राजधानीदमास्कस नजिकको लडाकू नियन्त्रित क्षेत्रमा मंगलबार भएको हवाई आक्रमणमा कम्तीमा ७८ जना सर्वसाधारण मारिएको सरकारी सूत्रले जनाएको छ। पश्चिमी जगतले यसरी सर्वसाधारणको ज्यान जाने गरी आक्रमण नगर्न सिरियाली राष्ट्रपति बसार अलअसादमाथिनिरन्तर दबाब दिँदै आएको छ। अघिल्लो दिनमात्र पूर्वी घोउटामा भएको भीडन्तमा ३१ जना सर्वसाधारणको ज्यान गएको थियो। संयुक्त राष्ट्र संघले युद्धपीडितहरूको सहयोग कार्य अघि बढाउन सात वर्ष लामो युद्ध रोकन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्