कोका–कोला मोःमोत्सव प्रियंका



काठमाडौं, (नेस)
कोका–कोला मोःमोत्सव एउटा वार्षिक अभियान हो। जसमा उपभोक्ताले चिसो कोका–कोलासँग स्वादिलो मःमको मज्जा लिन सक्छन्। यो कोका–कोला मोःमोत्सवको तेस्रो वर्ष हो। जुन उपत्यका लगायत नेपालभर रहेका मुख्य–मुख्य शहरका विभिन्न होटल तथा रेष्टुरेन्टमा सञ्चालन भइरहेको छ। नायिका प्रियांका कार्कीले काठमाडौंभित्रका विभिन्न आउटलेटहरूमा भ्र्रमण गरेर यो उत्सवमा नयाँ तरङ पैदा गर्दै आएकी छिन्। प्रियांका गत तीन वर्षदेखि यो उत्सवमा संलग्न छिन् ।

गत वर्षजस्तै यस वर्ष पनि प्रियांकाले उपत्यकामा रहेका विभिन्न आउटलेटमा गएर आफ्ना फ्यान र आउटलेट सञ्चालकसँग बसेर रमाइलो गरिरहेकी छिन्। प्रियांकालाई देखेर आउटलेट सञ्चालक तथा उनका फ्यानहरू निकै हर्षित देखिएका छन्। यो उत्सवलाई अझैं रमाईलो बनाउन प्रियांकाले आफना परिवार र साथीलाई पनि विभिन्न आउटलेटमा लगिन्।प्रियांका कार्कीले भनिन्–‘कोका–कोला मोःमोत्सव निकै ठ्ूलो उत्सव भइसकेको छ।

जसले मःम र कोका–कोलाको एकसाथ मज्जा लिने अवसर जुराई दिएको छ। यस वर्ष मःमको निकै धेरै परिकारहरू आएका रहेछन्। छोइला मःम, तन्दुरी मःम जस्ता परिकार बनेका रहेछन्। यसअघि मैले कहिल्यै नखाएको पोट्याटो मःम र चिज मःम जस्ता मःमको परिकार चाख्ने मौका यो मोःमोत्सवले जुराएको छ। काठमाडौंको चिसोमा तातो स्टीम मःम खानुको मज्जा बेग्लै छ।’

मोःमत्सव काठमाडौं उपत्यका विभिन्न रेष्टुरेन्टलगायत पोखरा, चितवन, धरान, इटहरी र विराटनगरलगायत शहरका विभिन्न होटल तथा रेष्टुरेन्टमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्