विश्वकप क्रिकेटमा स्थान पक्का गर्न नेपाली टोलीले जित्नैपर्ने



काठमाडौं । आइसीसी डिभिजन टु क्रिकेटको शीर्ष दुई स्थानमा रहन नेपाली क्रिकेट टोली निकै दवाबका बीच बिहिबार आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

लीगको शीर्ष दुई स्थानमा रहने टोलीले जिम्बाबेमा हुने एकदिबसीय बिश्बकप क्रिकेट खेल्न पाउने भएकाले पनि नेपालका लािग शीर्ष दुई स्थानमा रहनु जरुरी हुनेछ । नामिबियामा बिहीबार सुरु हुने विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाली क्रिकेटको भविष्य जोडिएको छ ।

जसले कम्तिमा आगामी चारवर्ष अन्तराष्ट्रिय क्रिकेटमा नेपालको स्थानकोे स्पष्ट खाका तय गर्नेछ । क्यान निलम्बनमा रहेको अवस्थामा नेपाली क्रिकेटको साख जोगाउन र मनोबैज्ञानिक रुपमा बलियो हुन नेपालले बिहिबार आयोजकसंग पहिलो खेल जित्नैपर्ने दवाब छ । यसअघि खेलिएका ४ मध्ये ३ एकदिवसीय अन्तराष्ट्रिय खेलमा नामिबियामाथि जित निकालीसकेको नेपालले भोलीको खेलमा ब्याटिङमा सुधार गरे जित्नसक्ने क्रिकेट बिश्लेषकको बताउछन । बिहिबार सवा १ बजे अफाइज पार्कमा नामिबियाबिरुद्ध नेपाली युवा क्रिकेटरले पहिलो पटक खेल्नेछन् ।

नेपाली राष्ट्रिय टिमका बहुमत खेलाडीसँग नामिबियाको कन्डिसनबारे अनुभव भएपनि ६ युवा खेलाडी पहिलो पटक नामिवियासँग खेल्नेछन् । सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ मा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, बसन्त रेग्मी, शक्ति गौचन, आरिफ शेख, सोमपाल कामी र करण केसीले प्रतिस्पर्धा गरेका थिए । दिलिप नाथ, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह र रोहित कुमार पौडैल लागि नामिबियासँगको भेट पहिलो अनुभव हुनेछ ।

नेपाली टोलीले डिभिजन टु पार गरे लगातार दोस्रोपल्ट विश्वकप छनौट प्रतियोगिता खेल्ने छ । डिभिजन टुमा रहेका ६ टोली मध्ये नेपालको तयारी सबैभन्दा कमजोर देखिन्छ । नेपाली टोलीले नामिबिया पुग्नुअघि एक साता युएईमा बितायो । युएईको दोस्रो दर्जाको टोलीसँग ३ खेलमा नेपालले २ खेल जित्यो । यूएई ‘ए’ सँग अन्तिम खेलमा ६४ रनले पराजित नेपालको समस्या ब्याटिङमा नै देखिएको छ ।

ओपनर र मध्यक्रमका ब्याटसम्यानले राम्रो गर्न नसक्दा नेपालले पछिल्ला धेरै खेलमा पराजय भोगेको छ । यस पटक नेपालको पुरानो रोग नदोहरिएला भन्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्