राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक हुन शुरु



काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक हुन शुरु भएको छ । वाम गठवन्धनले शुरुवाती अग्रता बनाएको छ ।

प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा वाम गठवन्धनका उम्मेदवार बिजयी भएका हुन् ।

प्रदेश नम्बर ४मा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक विजयी भएका हुन् भने प्रदेश नम्बर ७ मा वाम गठवन्धनबाटै माओवादी केन्द्रका महेश कुमार महरा विजयी हुन् ।

प्रदेश नम्बर १ मा ३ जनाको लागि, प्रदेश नम्बर ३ मा ८ जनाको लागि निर्वाचन सम्पन्न भएको हो ।

प्रदेश नम्बर ४ मा ७ जनाको लागि तथा प्रदेश नम्बर ५ मा ५ सदस्य चुनावबाट छानिने छन् ।  प्रदेश नम्बर ६ मा ८ जना तथा प्रदेश नम्बर ७ मा २ सदस्यको लागि आज निर्वाचन भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्