राज्यले दिएको सबै जिम्मेवारी पुरा गर्न नेपाली सेना सदैव तयार रहन्छः प्रधानसेनापती क्षेत्री



नेपाल समाचारपत्र नुवाकोट

नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षेत्रिल राज्य संकटमा रहदा नेपाली सेनाले बगाएको रगतको मुल्य ईतिहाँसमा रहेको बताउनुभएको छ ।

प्रधानसेनापती राजेन्द्र क्षत्रीले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्नु सेनाको प्रमुख कर्तव्य भएको वताउँदै राष्ट्रिय हित विपरीत उत्पन्न हुन सक्ने आन्तरिक तथा वाह्य सुरक्षा चुनौती सामना गर्ने सिलसिलामा नेपालको संविधान र सरकारले दिएको सबै जिम्मेवारी पुरा गर्न सेना तयार रहेको वताउनु भयो ।

मंगलवार नुवाकोटको विदुर स्थित सैन्य तालिम केन्द्र मैथलीमा आयोजित भुतपूर्व सैनिक सम्मेलनलाई संवोधन गर्दे प्रधान सेनापति क्षत्रीले नेपाली सेनाले स्थानीय, प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा आफुलाई प्राप्त जिम्मेवारी कुशलतापुर्वक पुरा गरेको वताउँदै आफ्नो भरपर्दो र विश्वसनीय छवीलाई कायम राख्न सेना हरदम प्रयत्नरत रहेको समेत स्पष्ट पार्नुभयो ।

नेपाली सेना जनताको आस्था र भरोसाको केन्द्रकोरुपमा रहेकाले कर्तव्य पथमा अडिग रहेर जस्तोसुकै परिस्थितीमा पनि संबिधान र सरकारले दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर वाँकी नराखिने प्रधान सेनापती क्षेत्रीको भनाई थियो ।

सम्मेलनमा तिन वटा जिल्लाबाट सेनामा लामो अबधि सम्म सेवारत रहि निबृत भएकाहरुले राष्ट्रप्रति गरेको योगदानको कदर गरिएको छ । सेवा निबृक्त भएकाहरुको जिबनस्तर उकास्न र निबिको पार्ननको लागी सहज बनाउन सैनिक कल्याणकारी कोषबाट बिधि कार्यक्रमहरु सञ्चालन भैरहेको प्रधान सेनापती क्षेत्रिले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत पुर्ब रथि चित्रबहादुर गुरुङले भुपु सैनिकहरुको आत्मबल र कौशलताका कारण नेपाली सेनामा आत्मबल बढेको बताउनु भयो ।

कार्यक्रममा नुवाकोट, रसुवा र धादिङमा रहेको नेपाली सेनाका गणहरुले आआफ्नो प्रस्तुतीहरु रहदेका थिए । त्यसक्रममा प्रधान सेनापती क्षेत्रीले ज्येष्ठ भूतपूवृ सैनिक, ज्येष्ठ एकल महिला, उत्कृष्ट व्यवसायीलाई सम्मान गर्नुका साथै अशक्त पुर्व सैनिक र सैनिक परिवारलाई ह्विलचियर समेत हस्तान्तरण गरका थिए ।

नुवाकोट, रसुवा र धादिङका पुर्व सैनिकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पुर्व सैनिकहरुले मार्चपास गरेका थिए भने श्रीनाथ गणले नुवाकोटको म्हेन्दोमाया नाच,देविदत्त गणले धादिङको टप्पा नाच र कालिजंग गणले रसुवाको तामाङ झाँकी का साथ नुवाकोटको त्रिशूली वजार स्थित लाखे समूले लाखेनाच समेत प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्