७ नम्बर प्रदेशमा मतदान सम्पन्न



विमल विष्ट, डोटी ।
राष्ट्रिय सभा सदस्यका लागि ७ नम्बर प्रदेशको डोटीमा भएको मतदान सम्पन्न भएको छ । ७ नम्बर प्रदेशमा ९९ प्रतिसत मतदान भएको छ । स्थानीय तहका प्रमुख तथा उप– प्रमुखले शत प्रतिशत मतदान गरेका छन भने प्रदेश सभाका ५१ जनाले मात्रै मतदान गरेका छन ।

स्थानीय तहका १ सय ७६ र प्रदेश सभाका ५३ जना सदस्य गरि कुल २ सय २९ जना मतदाता रहेका थिए । राष्ट्रिय जनता पार्टीबाट कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित दुई जना सांसदले मतदान गरेका छैनन् । दुई जना सांसदले मतदान नगरेपछि जम्मा २ सय २७ मत खसेको छ ।

राजपाका प्रदेश सभासद कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको निर्वाचन कार्यालय डोटीले जनाएको छ । आफनो पार्टिका तर्फ बाट उम्मेदवार पनि नभएको र कुनै दलले भोट पनि नमागेको कारण आफुहरु मतदान गर्न नगएको राजपाका प्रदेश सभासद मालती रानाथारुले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘हामीले निर्वाचन बहिस्कार गरेका होईनौ, उम्मेदवार नभएका कारण हामी भोट हाल्न नगएका हौं ।’ ७ नम्बर प्रदेशमा बुघबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा दुई पदका लागि ४ जना उम्मेदवारका बिचमा प्रतिश्पर्धा भएको छ । राष्ट्रिय सभामा बाम तथा लोकतान्त्रीक गठबन्धनका ४ जना उम्मेदवारका बिचमा प्रतिश्पर्धा भएको छ ।

दलित तथा अपांग र अल्पसंख्यक तर्फका उम्मेदवारका बिच प्रतिश्पर्धा भएको हो । दलित तर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र एमालेका तर्फबाट चक्रप्रशाद स्नेहीका बिचमा प्रतिश्पर्धा भएको छ भने अपांगता भएका तथा अल्पसंख्यकका तर्फबाट नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादीका महेश कुमार महराका बिच प्रतिश्पर्धा भएको छ ।

प्रतिक्रिया दिनुहोस्