सबै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न



 

प्रदेश नम्बर २ मा भने आठै पदमा निर्विरोध निर्विचित भएकाले मतदान गर्नु नपर्ने

नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट सात प्रदेशमध्ये ६ वटा प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान सम्पन्न भएको छ ।

प्रदेश नम्बर २ मा भने आठै पदमा निर्विरोध निर्विचित भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन् ।

प्रदेश १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा १० बजेबाट सुरु भएको निर्वाचन ३ बजे सम्पन्न भएको हो । सम्पन्न निर्वाचनमा ९९ प्रतिशत मत खसेको बताइएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका केहि झलकहरु

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नम्बर ५ मा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्दै प्रदेशसभाका सदस्य शंकर पोख्रेल । तस्वीर: नारायणी रजौरे, दाङ, रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नं ३ को ललितपुरस्थित जावलाखेल मैदानमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर: प्रदीपराज वन्त, रासस

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नं ३ को ललितपुरस्थित जावलाखेल मैदानमा मतदान गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्य । तस्वीर: प्रदीपराज वन्त, रासस

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नम्बर ५ मा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्दै प्रदेशसभाका सदस्य शंकर पोख्रेल । तस्वीर:नारायणी रजौरे, दाङ, रासस

प्रतिक्रिया दिनुहोस्