८० बर्षमा नागरिकता



हिक्मत नेपाली, दैलेख ।
दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहलतोलीकी बृद्धा धनसरा बिकले ८० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । आवश्यक कागज प्रमाण पुर्याई आएकोले उनलाई नेपाली नागरिकता दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।

मजदूरी गर्दै भारतको सिम्लामा बस्तै आएका कान्छो छोराको साथमा बस्दै आएकोले धनसराले ८० बर्ष पसग्दा समेत नेपाली नागरिकता पाएकी थिइनन् । अब मेहलतोलीमै बस्तै आएका जेठो छोरासंगै बस्ने गरी आएको मौकामा नेपाली नागरिकता लिएको धनसराले बताइन् ।

भारत प्रवासमा बस्दै आएको बेला चासो नरहेपनि अब नेपालमै बस्ने गरी आएपछि आवश्यक ठानेर ती बृद्धा नेपाली नागरिकता लिन आएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।

धनसरा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा उनको जन्म मिति १९९४ जेठ २१ गते उल्लेख भएको छ । उनका पति मनबीर कामीको १६ वर्ष अघि भारतमै निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्