नलगाऊ ट्याग



हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को परिचय कलाकारितमा मात्रै सीमित छैन। पछिल्लो समयमा कलाकारिताभन्दा बढी समाजसेवामा उनीहरु क्रियाशील छन्। रौतहटका दलित परिवारलाई एकीकृत नमूना वस्ती हस्तान्तरण गरेपछि चर्चा उनैको छ।

मंगलबार राष्ट्रपतिलाई समेत निम्ता गरेर धुर्मुस सुन्तलीले गत साउनमा बाढी र डुवानमा परेका दलित परिवारलाई घर हस्तान्तरण गरे। सामाजिक सञ्जाल यही विषयले छाएको छ। त्यही कारणले होला राष्ट्रिय राजनीतिका नेताहरु अहिले ओझलमा पर्या छन्। धुर्मुस सुन्तलीको सक्रियता कारण धेरै नेताज्यूहरुलाई निकै खटपट पर्न थाल्या धरहराले देख्न सुन्न थाल्या छ।

आफ्नु अगुवाइमा हुनुपर्ने⁄ गरिनुपर्ने काम हास्य कलाकारले धमाधम गर्न थालेपछि विचराπ नेता किन नहोस टेन्सन? धेरै संघ⁄ संस्थाले नेतालाई अतिथि र प्रमुख अतिथीका रूपमा निम्तो बाढ्ने गरेका छन्, आफ्ना कार्यक्रममा अनिवार्य आउन आग्रह गरेर ठूलै सम्मान दिइरहेका छन्। तर अब त्यस्तो निम्तो र सम्मानको भाउ कलाकारद्वयतर्फ मोडिने हो कि भन्ने नेताज्यूहरुलाई झन् ठूलो टेन्सन छ।

त्यस्तो सम्भावना बुझ्न ढिलो नगर्ने हाम्रा नेताहरुले अब कुन दिनदेखि धुर्मुस सुन्तली त आफ्नै पार्टीका सक्रिय कार्यकर्ता हुन् भनेर पार्टीको ट्याग लगाउन बेर छैन। सम्भावना त्यस्तो बढ्या बेला धरहरा भने कलाकारद्वयलाई कुनै पनि पार्टीको ट्याग नर्भिन सुझाव दिन्छ।

प्रतिक्रिया दिनुहोस्