काल्र्सवर्गको विजेताले सालाहलाई दिए अवार्ड



नेपाल समाचारपत्र
काठमाडौं
काल्र्सवर्गको फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्लीका विजेता रबिन श्रेष्ठले फेबु्रवरी ४ मा एन्फिल्ड स्टेडियम लिभरपुलमा भएको लिभरपुल विरुद्ध टोटेनह्यामको खेलमा मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरे।

लिभरपुल एफसीसँगको आफ्नो साझेदारीको २५औं वार्षिकोत्सवको उत्सव मनाउनका लागि काल्र्सवर्गले फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्ली क्याम्पियनको लक्की ड्रबाट छानिएका ३ विजेताहरुलाई लिभरपुल पठाए। भाग्यशाली विजेताहरु रबिन श्रेष्ठ (रीफ रेस्टुरेन्ट एन्ड लाउन्ज बार), शालिग्राम कडेल (अमृत ट्रेडर्स्) र दवाङ तमाङ (ईबिजा लाउन्ज एण्ड बार) थिए। विभिन्न मडियाको अगाडि लक्की ड्र यही पौष १४ गते गरिएको थियो।

काल्र्सवर्गले यो जीवनमा १ पटक आउने अवसरलाई नेपालका लिभरपुलका फ्यानहरुका लागि एन्फिल्ड स्टेडियम लिभरपुलमा लिभरपुल विरुद्ध टोट्टेन्हम्को खेल प्रत्यक्षरूपमा हेर्न भीआईपी हस्पिट्यालिटी प्याकेज जित्ने अवसरको सृजना गरेको थियो। यो विशेष क्याम्पियनमा भाग लिनका लागि काल्र्सवर्गका उपभोक्ताहरुले काल्र्सवर्ग बोटलको खरिद गर्नुपर्ने थियो।

लक्की ड्रका लागि मान्य हुनका लागि उपभोक्ताहरुले हरेक काल्र्सवर्ग बोटलको खरिदमा आउने एउटा कुपन भर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्