अन्तिममा चेल्सी वाटफोर्डसँग स्तब्ध



लन्डन, (एजेन्सी)
प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन चेल्सीलाई वाटफोर्डले सोमबार राति भएको खेलमा ४–१ गोलअन्तरले स्तब्ध तुल्याएको छ।
खेलको ३०औं मिनेटमा टिमोएउ बाकायोकोले दोहोरो पहेँलो कार्ड पाएपछि दश खेलाडीमा खुम्चिएको चेल्सीविरुद्ध घरेलु टोली वाट्फोर्डले त्यसपछि गोलको वर्षा गर्यो। खेलको ४२औं मिनेटमा पहिलो गोल भएको थियो। ट्रोए डिनेले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोली वाट्फोर्डलाई शुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म एक गोलले अघि रहेको वाट्फोर्डविरुद्ध खेलको ८२औँ मिनेटमा चेल्सीका इडेन हजार्डले बराबरी गोल फर्काएका थिए। तर अन्तिम ६ मिनेट सम्हालिन नसक्दा चेल्सीले प्रिमियर लिगमा नराम्रो हार बेहोर्नुपर्यो। ८४औँ मिनेटमा डाएल जनमातले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए। त्यसपछि ८८औँ मिनेटमा जेरार्ड डेउलोफेउले तेस्रो गोल सम्भव पारे। यसैगरी इन्जुरी समयको पहिलो मिनेटमा रोवर्ट पाएराले गोल गर्दै वाट्फोर्डको जित ४–१ ले सुनिश्चित पारे। हारपछि २६ खेलबाट ५० अंक रहेको चेल्सी चौथो स्थानमा यथावत छ। २६ खेलबाट ३० अंक जोडेको वाट्फोर्ड पनि ११औँ स्थानमा यथावत नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्