एलिशाको झ्याइँ पार्ने रहर



अभिनेतृ तथा नृत्यांगना एलिशा राई झ्याइँ झ्याइँ पार्ने रहरसहित देखिएकी छिन्। गायिका सरू राई सरस्वतीको नयाँ गीत झ्याइँ झ्याइँ झ्याइँ बोलको म्युजिक भिडियोमा एलिशाले अभिनेता निराजन प्रधानसँगै झ्याइँ पार्ने चाहना व्यक्त गरेकी हुन्। हालै सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा गायिका सरू राईकै शब्द तथा संगीत रहेको छ। गीतमा प्रदीप जोशीले संगीत संयोजन गरेका छन्।

आधुनिक शैलीको गीतको म्युजिक भिडियो नृत्यपरक छ। भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले दर्शकको मन जित्ने शैलीको नृत्य गरेकी छिन्। युवराज वाइबाद्वारा निर्देशित भिडियाको छायांकन उत्सव दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्