माल्दिभ्समा संकटकाल घोषणा



माले,(एजेन्सी)
दक्षिण एसियाली मुलक गणतन्त्र माल्दिभ्समा देखिएको राजनीतिक अस्थिरताको कारण सोमवार राष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुमले पन्ध« दिन लामो संकटकाल घोषण गरेका छन्।

यस कदमबाट राष्ट्रतिलाई मानिसहरुलाई हिरासतमा लिने र गिरफतार गर्ने अधिकार प्राप्त भएको छ। अहिले उनको सरकार र सर्वोच्च अदालतबिच शक्ति संघर्ष चलिरहेको छ। राष्ट्रपति कार्यालयबाट जारी गरिएको एक विज्ञप्ति भनिएको छ , ‘ यस अवधिमा केहि निश्चित अधिकार कटौति हुने छ। तर सामान्य आवत जावत , सेवार व्यापार व्यवशाय भने प्रभावित हुने छैन। ’

माल्दिभ्सको सर्वोच्च अदालतले गत साता पुर्व राष्ट्रपति लगायत अन्य राजनीतिक वन्दिलाई रिहा जन निर्वाचित संसदको पुनस्र्थापना गर्न आदेश दिएको थियो। तर राष्ट्रपति यामिनले सो आदेश मान्न अस्विकार गरेका थिए। करिव ४ लाख जनसंख्या र थुप्रै रमणिय टापु र रिसोर्ट भएको यो मुलुक विश्वकै चर्चित पर्यटकिय गन्तव्यको रुपमा चिनिन्छ।

विशेषगरी माल्दिभ्समा चिनिया पर्यटकहरु पुग्ने गर्दछन्। आइतवार महान्यायधिवक्ताले सरकारले अदालतको आदेश नामनेको खण्डमा सर्वोच्च अदालतले राष्ट्रपति विरुद्धै महाभियोग लगाउन सक्ने चेतावनी दिएका थिए।

सोमवार राष्ट्रिय प्रतिरक्षा फौज राजधानी माले स्थित सर्वोच्च अदालतमा जवर्जस्ती प्रवेश गरेपछि तनाव झनै चर्किएको थियो। सुरक्षा फौजले सर्वोच्च अदालत भवनमा नाकावनिद र तालावन्दि गरेपछि भित्र थुनिएका न्यायधिशहरुले खाना खान नपाएको माल्दिभ्सका पुर्व महान्यायधिवक्ता हुस्नु अल सुदले टिवटर मार्फत जानकारी गराएका छन्।

यसैगरी पुर्व राष्ट्रपति मौमुन अब्दुल गयुमलाई सोमवार पक्राउ गरिएको उनको पारिवारिक सुत्रले जनाएको छ। मौमुन वर्तमान राष्ट्रपति अब्दुल्लाहका भाइ पर्छन्। मौमुनले लगातार तीस वर्ष सम्म अर्थात सन् २००८ सम्म माल्दिभ्समा शासन चलाएका थिए। विपक्षी राजनीतिक समुहका कार्यकबर्ता एवं समर्थकहरुले सडकमा प्रदर्शन गर्दै सरकारलाई अदालती आदेश पालना गराउन अन्तर्राष्ट्रिय समुदायलाई दवाव दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्