कायरोको स्विकृतिमा इजिप्टमा इजरायली हवाई आक्रमण



न्युयोर्क (एजेन्सी)
अमेरिकी अखबार न्युयोर्क टाइम्सले कायरोको अनुमतिमा इजरायलले इजिप्टमा हवाई आक्रमण गर्दै आइरहेको समाचार छापेको छ। ‘गोप्य गठबन्धनः इजरायलद्वार इजिप्टमा हवाई हमला, कायरोको स्विकृति ‘ शिर्षकमा छापिएको उक्त समाचारमा संवाददाता डेविड कर्क प्याट्रिकले दुई देशको गोप्य सैन्य सम्बन्धको जानकारी दिएका छन्।

उनले लेखेका छन्–दुई बर्ष भन्दा लामो समयदेखि इजरायली ड्रोन, जेट विमानले गोप्य रुपमा हवाई कारवाही गर्दै आइरहेको छ। इजिप्ट भित्र १ सय भन्दा धेरै पटक हवाई आक्रमण भइसकेका छन्। कुनै कुनै बेला हप्तामा एक भन्दा धेरै पटक आक्रमण भएका छन र यो सबै राष्टपति अब्देल फतह अल सिसीको अनुमतिमा भएका हुन्।

इजिप्ट र इजरायलबीच सन् १९७९ मा शान्ति सम्झौता भएको हो। यद्यपी यी दुई देशबीचको सम्बन्ध यति धेरै चिसो छ की कुनै सहयोगलाई सार्वजनिक रुपमा स्विकार गर्न सकिने अवस्था देखिन्दैन। यस्तोमा हवाई आक्रमणलाई अनुमति दिएको कुरा मान्न झन कठिन हुनेछ।

पत्रकार डविड कर्कप्याट्रिकले समाचार सामग्रीमा लामो समयदेखि सिनाइमा मुस्लिम कट्टरपन्थीसँग संघर्ष गरिरहेको इजिप्टको फौजले यो समस्याबाट मुक्ती पाउन इजरायलको सहयोग लिएको निष्कर्ष दिएका छन्।

इजरायलको हस्तक्षेपले इजिप्टका सेनालाई विगत पाँच बर्ष देखि संघर्ष भइरहेका ती इलाकाहरुमा आफनो पकड मजबुत बनाउन सफलता हासिल भएको उनले लेखेका छन्।

यसबाट इजरायलले पनि आफनो सिमालाई थप सुरक्षित बनाएको छ र छिमेकी देशसँग तनाव कम गरी स्थिरता बढाउन सफल भएको छ।

उक्त समाचारलाई लिएर इजिप्टका सन्चार माध्यमहरुले त्यसको आलोचना गरेका छन् र त्यसलाई ‘झुठो समाचार‘ तथा ‘गैरब्यवसायिक पत्रकारिता‘ भएको आरोप लगाएका छन्। इजिप्टका सेनाले पनि उसकै सुरक्षा बलमात्र त्यस इलाकामा लडिरहेकोमा जोड दिएको छ।

इजरायल र इजिप्टबीच यदि कुनै त्यस्तो सैन्य साझेदारी भइरहेको हो भने त्यहाँका सरकारका लागि यो अत्यन्त संवेदनशिल मुद्दा हुने छ।

प्रतिक्रिया दिनुहोस्