मर्सिडिजले माफी मागे



बेइजिङ, (एजेन्सी)
मर्सिडिज–बेन्चले तिबती धार्मिक नेता दलाइ लामाको भनाइ उदृत गरिएकोमा चीनसँग माफी मागेको छ। दलाइ लामाको भनाई ‘परिस्थितिलाई सबै तिरबाट हेर्नुपर्छ र त्यसले तिमी झन स्पष्ट हुनेछ‘ सोमबार मर्सिडिजको इन्स्टाग्राम अकाउन्टमा पोस्ट भएको थियो। चिनियाँ जनतालाई उक्त सामाजिक सन्जाल हेर्नबाट रोक लगाउन बेइजिङले प्रयास गरेको छ। तर चिनियाँ वेब सर्फरहरु देश भित्र सामाजिक सन्जालमा फिल्टर गरिएका सामाग्री हेर्ने प्रविधिको प्रयोग गर्छन जसले ती सामाग्रि उनीहरु समक्ष पुर्याउन मद्दत गर्छ। विज्ञप्तीमा ‘गलत जानकारी‘ले चिनियाँ जनताको भावनालाई चोट पुर्याएकोमा माफि मागिएको छ।

प्रतिक्रिया दिनुहोस्