६ बालकालिकाको उद्दार



सरिता चलाउने, सल्यान । काठमाण्डौको ईट्टा भट्टामा काम गर्दै आएका ६ बालकालिका लाई मंगलवार सल्यान ल्याईएको छ । ईट्टाभट्टामा काम गर्न गएको बालबालिका लाई बालविकास समाज काठमाण्डौको सहयोगमा जिल्ला फर्काईएको हो ।

बनगाड कुपिण्डे नपाकी कक्षा ४ मा पढाई छाडेकी १३ वर्षीया निर्मला विक ,कक्षा ८ मा पढाई छोडका १५ वर्षीय सन्जु पुन ंकक्षा ६मा पढाई छाडेकी १४ वर्षीया रविना विक, कक्षा ४मा पढाई छाडेकी १३ वर्षीया दिपा परियार, कक्षा ५मा पढाई छाडेका १४ वर्षीय विर बहादुर बुढा, कक्षा ६मा पढाई छाडेका १२ वर्षीय नर बहादुर घर्तीलाई काठमाण्डौको दुईवटा ईट्टा भट्टाबाट फर्ता ल्याईएको बाल विकास समाज काठमाण्डौका प्रयसा केसीले बताईन ।

आफुहरु गत पुष १२ गते देखी माघ ८ गते सम्म फरक फरक मितिमा काठमाण्डौ काम गर्न गएको ति बालबालिकाले बताए । भक्तपुरको चांगुनारायण नगरपालिकामा रहेका सरस्वती ईट्टा उद्योग र यातु ईट्टा उद्योग व्यवसायमा बालबालिका रहेको भन्दै उद्योग बाटनै खबर आएपछि त्यहाँ बाट बालबालिकालाई सोमवार फिर्ता ल्याइएको केसीले बताईन ।

काठमाण्डौबाट फर्काईएका बालबालिका लाई भोली बुधवारमात्र अभिभावकको जिम्मा लगाईने महिला तथा बालबालिका कार्यलय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्