राप्रपाको माग-राजसंस्था सहितको लोकतन्त्र



चिरञ्जीवी मास्के, दोलखा । राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले राष्ट्रिय स्वार्थको लागि आफ्नो पार्टीले नेपाली कांग्रेस, एमाले लगाएत सबै पार्टीसंग सहकार्य गर्ने बताएका छन् ।

राप्रपा नेपाल दोलखाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले आफ्नो पार्टीको सम्बन्ध सबै दलसंग सौहाद्र पूर्ण रहेको बताए ।

राप्रपा नेपालले राजतन्त्रलाई हैन लोकतन्त्रलाई मन पराउछ अध्यक्ष थापाले भने – तर देशको नेतृत्व गर्न राजनीति भन्दा माथि उठेर काम गर्ने शक्ति आवश्यक भएकोले हामीले राजसंस्था सहितको लोकतन्त्र खोजेका हौ ।

उनले भने हामी राजतन्त्रको पक्षमा कदापी छैनौ र हुदैनौ तर मुलुकको हितको लागि राजसंस्था सहितको लोकतन्त्र आवश्यक छ ।

उनले राप्रपा नेपालले अन्य धर्मको विरोध नगर्ने उल्लेख गर्दै नेपाल र नेपालीहरुको पहिचानको लागि हिन्दु राज्यको माग गरेको बताए ।

हामी किस्चियन, हिन्दु, बौद्ध सबै धर्म र सम्पदायको उत्तीकै आदर र सम्मान गर्छौ थापाले भने– तर नेपालीको पहिचानको लागि हिन्दु राज्य खोजेका हौ । धर्म निरपेक्षताले असहिष्नुता जन्माएको थापाको भनाई छ ।

निर्वाचनमा राप्रपा नेपालको हार हुनुको मुख्य कारण नेपाली कांग्रेससंगको सहकार्य इमान्दारीपूर्ण नभएको उनले बताए । निर्वाचनको बेला पार्टी बिभाजन हुनु र सबै क्षेत्रमा उम्मेदवार उठाउन नसक्नु पनि पार्टीको हारको मुख्य कारण रहेको थापाले बताए ।

निर्वाचनमा हार भएपनि आफुहरु निराश नभएको उल्लेख गर्दै अध्यक्ष थापाले अब जनताको अभिमत अनुसार सडकबाट समृद्धिको पक्षमा वकालत गर्ने बताए ।

कुटनीतिक पहल गर्ने

उपप्रधानमन्त्री थापाले भारतीय कम्पनीले सामान ढुवानीमा ढिलाई गरेकै कारण दोलखामा निर्माणधिन माथिल्लो तामाकोसीको कामलाई प्रभाव पार्ने भए सरकारले भारत सरकारसंग त्यसबारे कुटनीतिक पहल थाल्ने बताए ।

उनले राष्ट्रिय प्राथामीकताको माथिल्लो तामाकोसी आयोजना निर्धारीत समयमा सक्न सरकारले सबै प्रकारको सहयोग गर्ने समेत बताए ।

दोलखाकै तामाकोसी तेस्रो निर्माणको लागि नयाँ कम्पनिलाई दिईएको उल्लेख गर्दै मन्त्री थापाले कामगर्ने कम्पनिले पुरानो डिपिआर अनुसार गर्छ या नयाँ डिपिआर अनुसार गर्छ भन्ने कुरा कम्पनिको आफ्नो अधिकार क्षेत्रमा पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्