हुम्ला र आसपासमा हिमपात



टीका बन्धन, काठमाडौं । भू–मध्य सागरबाट भित्रिएको पश्चिमी वायु र अरव सागरबाट भित्रिएको जलवाष्प युक्त वायुको मिश्रणका कारण मुलुकका पश्चिम तर्फका अधिकांश भेगको मौसम बदली भएको छ ।

हुम्ला विमानस्थल र आसपासको क्षेत्र हिमपातले ढाकिएको छ भने कर्णाली र आसपासका उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको बताइएको छ । पश्चिमी र मध्य पहाडी क्षेत्रका उच्च पहाडी र हिमाली भेगमा समेत हिमपातको संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।

‘सोमबार देखि भित्रिएको पश्चिमी वायुको असरले अहिले धेरै ठाउँको मौसम धुमिएको छ, यो वायुले छिटफुट वर्षा र उच्च पहाडी भेगहरुमा हिमपात गराउने छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । रिमालका अनुसार यस्तो असर लामो समय रहने छैन, भोलि बुधवारदेखि नै मौसममा सुधार आउने छ ।

प्रतिक्रिया दिनुहोस्