तीन तहको निर्वाचनमा झापामा २७ करोड ५९ लाख रुपैयाँ खर्च



भद्रपुर । तीन तहको निर्वाचन सम्पन्न गराउन झापामा २७ करोड ५९ लाख २३ हजार तीन सय ९१ रुपैयाँ ८४ पैसा बराबरको रकम खर्च भएको छ ।

स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा गरी तीनै तहमा जनशक्ति परिचालन, बुथ निर्माण, ढुवानी, विविध, कर्मचारीको पारिश्रमिक, कार्यालय सञ्चालन, मतदाता शिक्षा, तालिम, मतदान अधिकृत र सहायक मतदान अधिकृत प्रशिक्षण गरी उक्त रकम खर्च भएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए ।

उनका अनुसार जेठ १४ सम्पन्न स्थानीय तहको चुनावका लागि १२ करोड २८ लाख ३८ हजार एक सय ७० रुपैयाँ ६९ पैसा खर्च भएको छ, भने मंसीर २१ गते प्रदेश तथा प्रतिनिनिसभाको निर्वाचनका लागि १५ करोड ३० लाख ८५ हजार दुई सय २० रुपैयाँ ७९ पैसा खर्च भएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र ५ मा तीन करोड ८६ लाख १५ हजार ५ सय ४० रुपैयाँ ३६ पैसा खर्च भएको छ ।

नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीको निर्वाचन क्षेत्र नम्बर १ मा २ करोड १४ लाख ७१ हजार ४ सय ३ रुपैयाँ ६२ पैसा, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र नम्बर ३ मा दुई करोड ५९ लाख ५१ हजार ३१ रुपैयाँ ९९ पैसा, झापा क्षेत्र नम्बर २ मा २ करोड ३८ लाख २ हजार २९ रुपैयाँ ६ पैसा, र क्षेत्र नम्बर ४ मा २ करोड ४३ लाख १५ हजार ५ सय रुपैयाँ खर्च भएको निर्वाचन अधिकारी आचार्यले बताए ।

त्यसैगरि स्थानीय तह निर्वाचन सम्पन्न गराउन मुख्य निर्वाचनको कार्यालयले भद्रपुर नगरपालिका क्षेत्रमा ५ करोड ६१ लाख २८ हजार ९ सय ६० रुपैयाँ खर्च गरेको थियो ।

त्यस्तै निर्वाचन कार्यालयहरु अर्जुनधारा नगरपालिकाले २४ लाख ४० हजार तीन रुपैयाँ, कचनकवल गाउँपालिकाले २१ लाख ६६ हजार सात सय ४९ रुपैयाँ, कमल गाउँपालिकाले १८ लाख १५ हजार सात सय ५४ रुपैयाँ खर्च गरेको छ । त्यस्तै गौरादह नगरपालिकाले २२ लाख ८८ हजार ५ सय १५ रुपैयाँ ५८ पैसा, गौरीगञ्ज गाउँपालिकाले १९ लाख ६३ हजार ५० रुपैयाँ, बाह्रदशी गाउपालिकाले १६ लाख ५३ हजार ७ सय ५६, बुद्धशान्ति गाउपालिकाले १९ लाख ६ हजार तीन सय १८ रुपैयाँ ५६ पैसा, मेचीनगर नगरपालिकाले ३१ लाख ३८ हजार सात सय ६२ रुपैयाँ ५७ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी बिर्तामोड नगरपालिकाले २८ लाख १७ हजार ९ सय, शिवसताक्षी नगरपालिकाले २९ लाख ४० हजार, कनकाई नगरपालिकाले २२ लाख २ हजार ९ सय ९५, झापा गाउँपालिकाले १५ लाख ७४ हजार ६ सय ८८ रुपैयाँ ५४ पैसा, दमक नगरपालिकाले ३० लाख २५ हजार र हल्दिवारी गाउँपालिकाले लागि १९ लाख ९ हजार ७ सय रुपैयाँ खर्च गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्