सिजी मोबाइलको रिटेलर भेटघाट



नेपाल समाचारपत्र
काठमाडौं
सिजी मोबाइल प्रालिअन्तर्गतको मेजु र सिजी मोबाइलको रिटेल भेटघाट पोखरामा गरेको छ। कार्यक्रममा पोखराका करिब ८० जना व्यवसायी सहभागी भएको सिजी मोबाइलका मार्केटिङ अफिसर किशोर न्यौपानेले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रालिका बिजनेश हेड रमेश श्रेष्ठले सिजी र मेजु मोबाइल नेपाली बजारमा लोकप्रिय रहेको बताउनुभयो। चौधरी गु्रपको उत्पादन सिजी मोबाइल र चीनमा उत्पादित मेजु रहेको छ। मेजु मोबाइललाई चौधरी ग्रुपले एक महिना अगाडि मात्रै नेपाल भित्र्याएको हो। मेजुका १३ हजार रुपियाँदेखि ४७ हजार रुपियाँसम्मका विभिन्न मोडेलका मोबाइल नेपाली बजारमा बिक्री भइरहेको छ। ‘युरोपलगायत संसारभर लोकप्रिय मेजु मोबाइल नेपालमा छोटो समयमा स्थापित भइसकेको छ,’े।

सिजी र मेजु मोबाइलको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता एसआरडी ट्रेडर्स हो। यस क्षेत्रमा सिजी र मेजु मोबाइलको बिक्री दिन प्रतिदिन बढिरहेको ट्रेडर्सका सञ्चालक रमेश गौतमले बताउनुभयो।
यसैबीच, सिजी मोबाइल प्रालिले सोही अवसरमा मेजुको एम फाइभ सी मोबाइल सार्वजनिक गरेको छ। ३००० एमएएच ब्याट्री, ८ र ५ मेगापिक्सल क्यामरा, २ जिबी र्याम, १६ जिबी रोम, ५ दशमलव ५ इन्चको डिस्प्ले भएको यो मोबाइल धेरैको रोजाईमा पर्ने कम्पनीको विश्वास छ। मेजुकै एम फाइभ नोटको पनि बिक्री शुभारम्भ गरिएको छ। ५ दशमलव ५ इन्च डिस्प्लेमा उपलब्ध यो मोबाइलले सीडीएमए र जिएसएमलाई सपोर्ट गर्ने सेल्स अफिसर रविन मानन्धरले जानकारी दिए। ४००० एमएएच ब्याट्री, ३ जिसी र्याम, ३२ जिबी रोम मोबाइलको विशेषता रहेको उहाँले बताउनुभयो। मेजुका मोबाइलको अर्को विशेषता एक वर्षको इन्स्योरेन्स सेवा हो।

प्रतिक्रिया दिनुहोस्