अमेसिन थापाथली विजयी



काठमाडौं, (नेस)
पुल्चोक कलेजमा आयोजित ३ दिने मेक्ट्रिक्स ८.० (आठौं राष्ट्रिय मेकानिकल इन्जिनियरिङ एक्जिभिसन)अन्तर्गत आइतबार सम्पन्न गो–कार्ट रेसिङ प्रतियोगितामा थापाथली कलेजको अमेसिन विजेता बनेको छ।

पुल्चोक कलेजको सोमेसद्वारा आयोजित प्रतियोगितामा अमेसिनले आफ्नै कलेजको रोबोटिक्स क्लबको ‘आरएसी थापाथली’ तथा आयोजक सोमेसको ‘द ब्लु दोथ्राक्स’लाई हराएर विजेता बनेको हो। प्रतियोगितामा ट्रायल र क्वालिफायरमा एक–एक ल्याप थिए भने फाइनलमा ३ ल्याप भएको थियो। क्वालिफायर ल्याप विजेताले फाइनल ल्यापमा आफूलाई मनपर्ने रेसिङ पोजिसन छान्न पाउने व्यवस्था थियो। विजयी टोलीले ५ हजार नगद र १० हजार बराबरको हेल्मेट, प्रमाणपत्र र पदक पाएको थियो। अमेसिनका तर्फबाट अनुज गौतम, सौरब घिमिरे, पूर्ण खत्री, सुशान्त मानन्धर, जीवन पोखरेल, आकाश रानाभाट सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्