बौद्धमा नीलको ५१औं ब्रान्ड



हेयर स्टाइलिस्ट नील डेभिड कटुवालको नील डेभिड समूहअन्तर्गतको ५१औं ब्रान्ड राजधानीको बौद्धबाट सञ्चालनमा आएको छ। नील डेभिड ग्रुपको हेयर एन्ड ब्युटी सलुन, ब्रान्च, फ्रेन्चाइजी, एकेडेमी र मेकअप स्टुडियो जस्ता ब्रान्डको ५१औं ब्रान्डस्वरूप सोमबारबाट बौद्ध स्तुपाद्वारअगाडि नील डेभिड्स हेयर एन्ड ब्युटी सलुनको फ्रेन्चाइजी सञ्चालनमा ल्याइएको हो।

सो फ्रेन्चाइजीको हेयर स्टाइलिस्ट नील डेभिड कटुवाल, त्यसकी सञ्चालिका बिनु राई लामा र उनको पिता गोपाल राईले संयुक्तरूपमा शुभारम्भ गरे। १० वर्षअघि भारतको सिलगढीमा नीलसँगै हेयर स्टाइलसम्बन्धी ट्रेनिङ लिएर त्यहीं काम शुरु गरेकी हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्ट बिनु राईले सञ्चालनमा ल्याएकी हुन्। ‘१० वर्षअघि नील सरसँग ट्रेनिङ लिने समयमै उहाँकै नामबाट आफ्नो सलुन खोल्छु भन्ने सपना थियो, त्यो सपना आज पूरा भएको छ। दिल्लीस्थित भीआईसीसी मेकअप इन्स्टिच्युटमा मेकअप आर्टिस्टको ट्रेनिङ लिएपश्चात् मेकअपसम्बन्धि पनि राम्रो अनुभव भयो। काठमाडौंको केएल टावरमा नील डेभिड्स सलुन खुलेपछि मैले त्यहाँ पनि सिनियर स्टाफका रूपमा काम गरें। यसअगाडि सिभिल मलमा पनि केही समय काम गरें।

त्यसपछि भने आफ्नै सलुन खोल्ने सपना भएकाले गर्दा नील डेभिड इन्टरनेसनल युनिसेक्स सलुन सञ्चालनमा ल्याएकी हुँ’ –उनले भनिन्। बिनुले सन् २०११ मा भारतको सिलगढीमा आयोजित नील डेभिड्स हेयर फेसन शोमा सक्रिय सहभागिता जनाएको पनि स्मरण गरिन््।
‘जसरी आफ्नो चिल्ड्रेन्सले आफ्नो प्यारेन्सप्रतिको कर्तव्य पूरा गर्दा प्यारेन्सलाई गर्व महसुस हुन्छ, आज मैले नै सिकाएको स्टुडेन्टले नील डेभिड्स ब्रान्डको रूपमा विभिन्न स्थानमा नयाँ–नयाँ सलुन खोलेर ग्राहकलाई सेवा दिँदै नील डेभिड ब्रान्डलाई एउटा उचाइमा पुर्याएका छन्, त्यसबाट खुसी लागेको छ’ –नीलले भने।

आफ्नो ब्रान्डको सलुनका शाखा र फ्रेचाइजी नयाँ बानेश्वर, कोटेश्वर, कमलपोखरीस्थित सिटी सेन्टर तथा कुमारीपाटीमा पनि सञ्चालनमा आउन लागेको नीलले जानकारी गराए। उनले भारतको सिलुगढी तथा इलहावादमा समेत सलुन सञ्चालन गर्ने तयारीमा रहेको पनि जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्