भ्रमण चेतावनी



बेइजिंग,, (एजेन्सी)
चीनको विदेश मन्त्रालयले सोमवार चिनिया पर्यटकहरूलाई माल्दिभस्को राजनीतिक अवस्था स्थिर नहुन्जेल त्यहाँ नजान औपचारिक सल्लाह दिएको छ। अहिले त्यहाँ पुर्व राष्ट्रपति लगायत थुनिएका अन्य विपक्षी नेताहरूलाई रिहा गर्ने विषयमा सर्वोच्च अदालत र राष्ट्रपति अब्दुल्लाह यामिनबिच विवाद चलिरहेको छ। यामिनले सर्वोच्चले यदि आफ्नो आदेश पालना गरी ति नेतालाई रिहा नगरिएको खण्डमा आफुलाई महाभियोग लगाउने धम्की दिएको कारण यामिनले संवैधानिक संकट ल्याउने चेतावनी दिएका छन्। चीनको नयाँ वर्षको उपलक्षमा चिनियाँहरू भव्य रिसोर्टहरू भएको माल्दिभ्स जाने संभावना रहेको छ।।

प्रतिक्रिया दिनुहोस्