पेरिस आक्रमणकारी अदालतमा मौन



ब्रसेल्स,एजेन्सी)
सन् २०१५ मा फ्रान्समा भएको आतंककारी हमलामा जिवित पक्राउमा परेका एक मात्र लडाकुले ब्रसेल्स स्थित अदालतमा एउटा गोलीकाण्डबारेको मुद्धाबारे थप केहि करा बोल्न अस्विकार गरेका छन्। त्यहाँ उनी विरुद्ध मुद्धा चलिरहेको छ।

सालाह अब्देस्लामले न्यायधिशले सोधेका प्रशनको जवाफ दिन अस्विकार गर्दै आफ्नो मौनताले आफुलाइ अपराधि नबनाउने र नबोलिकन आफुले आफ्नो प्रतिरक्षा गरेको बताएका छन्। २८ वर्षिय अब्देस्लामले भनेका छन् , ‘ मुश्लिमहरूलाई विश्वमा नराम्ररी र क्रुरतापुर्ण व्यवहार गरिने गरेको छ। म आफ्नो अल्लाह माथि विश्वास गर्दैछुँ।

म तिमीसंग र तिम्रा गठबन्धनसंग डराउँदिन। यसको मुद्धा फोरेन्सिक र वास्तविक प्रमाणहरूमा आधारित हुनुपर्दछ। जनमतलाई सन्तुष्ट पार्न जथाभावी ढंगले मुद्धा चलाइनु हुन्न। ’ तर उनले आफु कोसंग नडराउने भन्ने खुलेर र किटेर भनेको छैन। सन् २०१६ को मार्चमा भएको प्रारम्भिक सोधपुछ देखि नै उनले यस घटनाबारे अनुसन्धानकर्ताहरूलाई केहि पनि बताउन अस्विकार गर्दै आएका हुन्। फ्रान्सका वकिलहरूले अब्देस्लामले पेरिस आक्रमणमा अहम भुमिका खेलेको विश्वास गर्ने गरेका छन्।

बन्दुकधारीहरू र आत्मघाती बम आक्रमणकारीहरूले पेरिसका कन्सर्ट हल , स्टेडियम , रेस्टुरेन्ट र बारहरूमा लक्षित हमला गर्दा १ सय ३० जना व्यक्तिको ज्यान जानुका साथै अन्य सयौंजना घाइते भएका थिए। उक्त घटना लगत्तै अब्देस्लाम युरोपकै सर्वाधिक खोजिको सुचिमा रहेका व्यक्ति बनेका थिए।

पेरिस आक्रमणको चार महिनापछि उनी ब्रसेल्समा पक्राउमा परेका थिए। उनका भाई ब्राहिम पनि सो आक्रमणमा सरिक रहेका थिए। तर उनको एउटा क्याफे बाहिर भएको आत्मघाती विस्फोटमा ज्यान गएको थियो।

अब्देस्लाम विरुद्ध फ्रान्समा भने सन् २०१९ मा मात्र मुद्धा चलाइने अनुमान गरिएको छ। अहिले ब्रसेल्समा उनी विरुद्ध पेरिसको घटनालाई लिएर नभइ बेल्जियममा प्रहरीसंग भएको गोली हानाहानमाथि मुद्धा चलाइएको हो।

प्रतिक्रिया दिनुहोस्