प्ले ब्वाइमा ट्रान्सजेन्डर मोडल



प्ले ब्वाइ म्यागेजिन जर्मन संस्करणको आवरण पृष्ठमा पहिलोपटक एक जर्मन ट्रान्सजेन्डर मोडलले स्थान पाएकी छिन्। २१ वर्षीया गुलियाना फरफाला उक्त म्यागेजिनको आवरणमा टपलेस देखिएकी छिन्। उनले एक रियालिटी टिभी शोबाट ख्याति कमाएकी छिन्। म्यागेजिनका सम्पादक फ्लोरियन बोएटिनले भनेका छन्– ‘आफ्नो फैसल गर्ने अधिकारको लडाइँ कति अहम् छ। गुलियाना यसको राम्रो उदाहरण हुन्।’

जर्मनीमा बस्ने गुलियानाले भनिन्– ‘बालापनदेखि नै मलाई लाग्थ्यो कि गलत शारीरिक अवस्थामा छु। म्यसैले मैले १६ वर्षको उमेरमा आफ्नो सेक्स बदल्नका लागि सर्जरी गरेकी थिएँ।’ उनले इन्स्टाग्राममा सो म्यागेजिनको आवरण तस्वीर शेयर गर्दै आफूलाई गर्व लागेको उल्लेख गरेकी छिन्। पछिल्लो समय उनले जर्मनीको लोकप्रिय टेलिभिजन सिरिज नेक्स्ट टप मोडलमा पनि भाग लिएकी थिइन्। गुलियानलाई आशा छ कि उनको अनुभवबाट अन्य ट्रान्सजेन्डर तथा ट्रान्ससेक्सुअल मानिसलाई प्रेरणा मिल्नेछ।

यसभन्दा पहिले एक वर्षअघि अमेरिकी प्ले ब्वाइ संस्करणमा एक ट्रान्सजेन्डर मोडललाई स्थान दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्