सर्बनाम थिएटरमा ‘वीच’ सुभारम्भ



आयुषा पाण्डे/प्रतिमा महर्जन (प्रशिक्षार्थी पत्रकार)

काठमाडौं । गत माघ १९ गतेदेखी सर्वनाम थिएटरमा ‘वीच’ नामक नाटक सुभारम्भ भएको छ ।

गत शुक्रबारबाट कालिकास्थान स्थित सर्वनाम थिएटरमा बोक्सीको विषयमा नाटक देखाइएको हो । समाजका रुढीबादी मान्यता हटाउन, समाजको सङ्कुचित सोच विचार बदल्न नाटक देखाइएको छ ।

नाटकमा जानकारी, शिक्षा, सुचना र मनोरञ्जनपूर्ण प्रस्तुति समाजको कप्रथाको रुपमा रहेको बोक्सी प्रथा जरैदेखी उखेल्नका लागि तरंग ल्याउने खालको रहेको छ । पिटर सेफथले निर्देशन गरेको उक्त नाटकको सह निर्देशन, यस नाटक विच अर्थात बोक्सीमा आर के महत रोषहान, सम्राट थापा, रोषनी स्याङ्गबो  र मनि के राई लगायतको अभिनय रहेको छ । 

डाँफे थिएटर र फर्मेशन थिएटरको सँयुक्त पहलमा निर्मित यस नाटकमा नेपालकै ग्रामीण भेगमा भेटिने बोक्सी जस्तो कुप्रथालाई देखाउन खोजिएको छ । करिब १ घण्टा लामो यस नाटकमा नारी संवेदनाको विषयलाई बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

नाटकमा रहेकी एक नारी पात्रको श्रीमान अचानक मृत्यु भएपछि परपुरुषले उनीमाथी आँखा गाड्न थालेको कथा यसमा समावेश छ । साथै, ती नारीले परपुरुषसँग सम्बन्ध गाँस्न अस्वीकार गरेपछि उनलाई बोक्सीको आरोप लगाइएको र उक्त आरोप सहन नसकेपछि आत्महत्या गर्न बाध्य भएको कुरालाई यस नाटकमा देखाइएको छ ।

२७ गते सम्म चल्ने यो नाटक बिहीबार बाहेक अन्य समयमा एकै समय तथा सनिबार १ बजे र ५ बजे प्रस्तुत गरीने बताइएको छ । निर्देशक पिटर अमेरीकन रंगकर्मी हुन । नेपाली रंगमञ्चका लागि उनि विल्कुलै नयाँ पनि हुन । यो नाटक उनको शारीरीक रञ्गमञ्चको खोज अनुसन्धानको प्रतिफल हो । शारीरीक रंगमञ्चद्धारा यस नाटकमा बोक्सीको वरीपरि रहेर समाजका विभिन्न विषयबस्तुलाई बोलीचालीको भाषबीना प्रस्तुत गरीएको छ ।

अन्य नाटक भन्दा विल्कुलै फरक ढंगको प्रस्तुती रहेको यस नाटकको प्रस्तुती एवम् निर्देशकीय पक्ष तारिफ गर्न लायक छ । यस नाटकमा नारीको संवेदना र मातृत्वमोहको पक्षलाई समेत निर्देशक पिटर सेफथले मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।

नेपालमा मात्रै नभई बोक्सी प्रथाले विश्वब्यापी रुपमा जरा गाडेको भन्दै नाटकका रुपमा यथार्य सार्वजनिक गरीएको बताइएको छ । नेपालबाहेक भारत श्रीलंका जस्ता मूलुकमा यो प्रथाले जरा गाडेको नाटकका निर्देशकले बताएका छन ।

नाटकमा एउटा बोक्सी आरोपले एउटी दलीत, पिछडीएका र एकल महीलालाई कसरी मर्न बाध्य बनाउछ भन्ने विषयबस्तु समेटीएको छ । नाटकले कुप्रथा तथा बोक्सीप्रथा उन्मूलनमा सहयोग गर्ने नाटक निमार्ण पक्षले दावि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्