गीतकार भुसालको आमाप्रति समर्पित गीतको भीडियो सार्वजनिक



काठमाण्डौ  । गीतकार नूनत भुसालद्वारा रचित मातृत्वभावसहितको गीत “तिमीलाई चोट लाग्ला भनि…”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अति नै मन छुने शब्द संयोजनसहितको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको गीतकार नूतन भुषालले जानकारी गराउनु भयो ।
गायिका जुना प्रसाईंको सुमधुर र कर्णप्रयि स्वर रहेको सो गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । नुतन खण्ड २ भित्र समेटिएको सो गीतको भिडियो काठमाडौ“को कीर्तिपुरमा खिचिएको गितकार भुसालले बताउनु भयो ।

बिशेषगरी सन्तानप्रति आमाले गर्ने त्याग अनि मायालाई गीतले उठान गरेको छ । उक्त गीतमा भोला तिमल्सिना (भोला दीप यात्री) को निर्देशन रहेको छ भने वीरेन्दं्र भट्टले छायांकन गर्नुभएको छ । भिडियो गीतमा रीतिका पौडेल र बाल कलाकार रिदम सुबेदी, दिक्षा पोख्रेल र निर्देशक तिमल्सिनाको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्