लामो समयपछि “फेरि फेरि”मा फर्किइन नायिका एलिना



काठमाण्डौ  । आफ्नो उत्कृष्ट अभिनय कलाबाट सानो समयमै सिने दर्शकहरुको मन जित्न सफल नायिका एलिना बासकोटा लामो समयको अन्तरालपछि फेरी पनि चलचित्र क्षेत्रमै देखिनुहुने भएकी छिन् ।

नायिका बाँसकोटा पुरन थापा निर्देशित फिल्म “फेरि फेरि” मार्फत दर्शकमाझ देखिनुहुने भएको हो । रिचा शर्मा, एलिना बासकोटा, रश्मी पाण्डे, अर्पण थापा, ध्रुप पाण्डे लनागतका कलाकारहरुद्वारा अभिनित सो चलचित्र एउटा हाँस्य चलचित्र रहेको र यसले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास नायिका बासकोटाले लिनु भएको छ ।

हालै फिल्म निर्देशक पुरन थापाको फेरी फेरी भन्ने हास्य चलचित्रको स्क्रिप्ट तथा अनुभवी कलाकार रिचा शर्मा एवं अर्पण थापास“ग फिल्ममा अभिनय गर्ने मौका पाएकोले पनि पुनः प्रवेश गरेको नायिका बासकोटाले बताइन् ।

नायिका बासकोटा यसअघि आइ एम क्रेजी, अहिंसा, संजिवनी लगायतको फिल्म तथा टेलिफिल्ममा अभिनय गरेकी छिन् भने केही समय यता ललितपुरको धापासीमा कुकुर व्यवसाय संचालन गरी त्यसबाट आएको मुनाफा साथै आप्mनो अन्य आम्दानीबाट नीजि लगानीमा एउटा सामाजिक संस्थामार्फत बालबालिकाको लागि सामाजिक सेवामा व्यस्त थिईन् भने बीचबीचमा म्युजिक भिडियो र सिरियलहरुमा पनि अभिनय गर्दै आएकी हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्