शैक्षिकस्तर उठाउन पढाई मेला



लमजुङ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उठाउन ती विद्यालयका छात्रछात्राहरूको पढाई मेला गरिएको छ ।

रागिनास नगरपालिकामाको रहेको सौभाग्यदय माध्यामिक विद्यालय अल्काटारमा नगरस्तरीय पढाई मेला गरिएको हो ।

सौभाग्यदय मावि अल्काटारको आयोजना, भिएसो नेपाल, सर्वोदय सेवाश्रम र आइसीयसको सहयोगमा आयोजित पढाई मेलामा रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था चुनौतिपूर्ण रहेको स्थितिमा यस्ता कार्यक्रमले शैक्षिकस्तर उठाउन निकै महत्व राख्ने बताउनुभयो ।

सोही विद्यालयकी शिक्षक सीता थापा पन्थीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किदैँ गएको भनिएको समयमा यस्ता कार्यक्रमले साकारात्मक सन्देश दिने बताउनुभयो । उहाँले सो पढाई मेलामा रागिनास नगरपालिका भित्रका पाँचवटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको जानकारी दिनु भयो ।

उक्त मेलामा कक्षा १ देखि १० सम्म विज्ञान, गणित र नेपाली विषयसम्बन्धी शैक्षिक सामग्रीहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रममा मावि र आधारभुतस्तरीय कविता तथा कथा लेखन, स्वर वाचन प्रतियोगिता पनि गरिएको थियो । सो अवसरमा विद्यार्थीले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्