जिल्ला अस्पताल कालिकोटमा डाक्टरको भन्दा प्रहरीको चेकजाँच कडा



जिल्ला अस्पतालको गेटमा पहरा दिईरहेका हतियारधारी प्रहरी । –तस्वीरः कालीवहादुर मल्ल

कालीवहादुर मल्ल, कालिकोट । । जिल्ला एक मात्र अस्पताल कालिकोटलाई हिजो आज कडा सुरक्षा घेरामा राखिएको छ ।

तीन दिन अगाडी मान्म सदरमुकामको बिच वजारमा मोटर साईकलले एक वच्चालाई ठक्कर दिएको बिषयमा आफु अनुकुल रिर्पोट वनाउन दुवै पक्षले अस्पतालमा डाक्टरलाई दवाव दिएपछि जिल्ला प्रहरी कार्यालयले डाक्टरको सुरक्षको लागि भनेर एक टुकडी नै खटाएको हो । छोराको उपचारका लागि जिल्ला अस्पताल पुगेकी सम्झौता शाही यहाँ आउने विरामीलाई डाक्टरले नभै प्रहरीले कडाइकासाथ चेकजाच गर्ने गरिएको वताउछन ।

अस्पतालमा बिभिन्न रोग र घटनाका बिरामी आउने त्यसको रिर्पोट राज्यको सुरक्षा निकाय प्रशासनलाई जानकारी गाराउन यसअघि एक जना हवल्दार र एक जना सिपाई राखिदै आएको थियो ।

वच्चाको उपचारमा खटिएका डाक्टर नहकुल शाहीलाई यता उपचार हुदैन, वाहिर लिनु भन्नु होस भन्ने वच्चाका पक्षको दवाव र यतै ठिक हुन्छ भन्नु भनेर मोटरसाइकल वाला पक्षको दवाफले अस्पतालमा काम गर्ने डाक्टरहरु असुरक्षित भएको भन्दै प्रहरी राख्नु परेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर कौसल अलीले वताए ।

उनले भने अव प्रहरी निरन्तर वस्छ, यतै बिट राखेर वसाउने हो । प्रमुख अलीले पटक पटक स्थानिय मान्छेले अस्पताल माथि आक्रमणको प्रयास गरेकाले आफुले प्रशासनमा निवेदन दिएर प्रहरीले पहरा दिइरहेको वताए ।

उनले यतै बिट राख्ने बिषयमा पनि छलफल भईरहेको वताए । खाडाँचक्र नगरपालिका–१ का अम्मर शाहीका छोरा आशिस शाहीलाई मोटर साइकल चालक खाँडाचक्र नगरपालिका–६ का शन्तोस शाहीले ठक्कर दिएका थिए । आफुले चाहे अनुसार डाक्टरले वाहिर पठाउन नमानेको भन्दै वच्चाका पक्षले डाक्टर शाहीलाई ज्यान मार्ने धम्की दिदै लछारपछार गरेका थिए ।

सार्वजनिक मुदा लगाउने आफ्नो योजनामा पिडित डाक्टर शाहीले नै आफ्नै मान्छे भएकाले केही नगर्न अनुरोध गरेकाले छोडिएको प्रमुख अलीले वताएका छन ।

वच्चा आशिस शाही र डाक्टर नहकुल शाही एकै ठाउका वासिन्दा हुन । पछि पैसाको लेन देन मिलेपछि आफुहरुले वाहिर रेफर गर्ने दवाव नदिएको वच्चाका पक्षले भनिरहेका छन । उता मोटरसाइकल चालकका पक्षले पनि सामान्य छ भन्दै वाहिर नपठाउन डाक्टरलाई दवाफ दिएका थिए । वच्चालाई समान्य चोट लागेकाले डाक्टरले वाहिर रेफर गर्न मानेका पन िथिएनन ।

त्यही रिसमा डाक्टर माथि जाई लाग्नु सिग्गो अस्पताल माथिको आक्रमण भएको भन्दै प्रहरी वोलाईएको अस्पतालको भनाई छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रहरी प्रमुख, प्रहरी निरिक्षक निरोज चौलागाईले अस्पतालले प्रशासनमा सुरक्षा पाउ भनेर निवेदन दिएको प्रशासनले जान भनेपछि आफुले प्रहरी हवल्दारको नेतृत्वमा ६ जना प्रहरी हतियार सहित पठाएको वताए ।

उनले भने राज्यको सम्पती र नागरिको सुरक्षा गर भनेर खटाएले जहाँ असुरक्षा भयो त्यही जानु प्रहरीको कर्तब्य भएको वताए । प्रहरी प्रमुख चौलागाईले अस्पताल जस्तो ठाउमा प्रहरीले सुरक्षा दिनु त्यती राम्रो नभएपनि यहाँको अवस्थाले वाध्य भएको वताए । उनले प्रहरीको कामकामु । कामु

सबैलाई सुरक्षा दिने हो । हामीले अस्पतालको सुरक्षा दिईरहेका छौ । जिल्ला अस्पतालमा मंसिर २७ गते सुत्केरी गराएकी चन्दा शाहको मृत्यु पछिको दवाव र वेला वेला अस्पतालमा माथि घेरा वन्दी हुदै आउने गरेको छ । अस्पतालमा मृत्युको घटना एक हो भने अर्को तिर सेवा सुबिधा पनि राम्रो हनु पर्ने भन्दै दवाफ पर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्