स्थानीय तहले बनाउने थाले पञ्च बर्षिय योजना



धनवीर दाहाल, रुकुम । रुकुमका स्थानीय तहहरु यतिबेला पञ्च बर्षिय योजना बनाउनमा व्यस्थ छन् । स्थानीय तहको निबार्चन भएको झन्डै एक बर्ष पुग्नै लाग्दा आगामी दिनहरुमा गर्ने कामको ठोस योजना बनाउन थालिएको जनप्रतिनिधिहरुले बताएका छन् । सोही सिलसिलामा भर्खरै मात्र सानीभेरी गाँउपालिकाले सो योजना बनाएको हो ।

सानीभेरी गाउँपालिकामा पर्यटन प्रबद्र्धनको लागि पञ्च वर्षिय रणनैतिक योजना निर्माण गरेको छ । सानीभेरी गाउँपालिकाको आर्थिक सहयोग र संस्कृति तथा पर्यटन विकास केन्द्रको आयोजनामा ३ दिने कार्यशाला गोष्ठि सञ्चालन गरी योजना निर्माण गरिएको हो । कार्यशाला गोष्ठिमा सानीभेरी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहाँसिक क्षेत्रको विकास र आन्तरिक तथा बाह्य पर्यक भित्र्याउने लक्ष सहित योजना निर्माण गरिएको संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहलसिं घर्तीले बताउनु भयो ।

विज्ञ सहितको टोलीले एक हप्ता लगाएर सानीभेरी गाउँपालिका भित्रका पर्यटकिय तथा धार्मिक ऐतिहाँसिक क्षेत्रको स्थलगत अध्ययन गरी ल्याएको प्रतिवेदनका आधारमा प्राथमिकतामा क्रममा राखेर योजना छनौट गरिएको छ ।

जस अनुसार मौराखारामा भ्यू टावर निर्माण, प्याराग्लाइडिङ तथा पर्यटकिय गुरिल्ला पदमार्ग निर्माण, सानीभेरी नदिमा ¥याफ्टिङ सेवा, पूर्तिमकाडाको मालिका कालिका लेखमा भ्युटावर निर्माण तथा प्याराग्लाइडिङ, रिम्ना दोभानमा धार्मिक स्थल निर्माण, आदि दर्जन भन्दा बढी योजना ५ वर्षे रननैतिक योजानामा राखिएको छ ।

संस्कृति तथा पर्यटन विकास केन्द्रको पहलमा काठमान्डौं बाट दुइ जना पर्यटन विज्ञ प्रकाश सुबेदी र हिमाल घिमीरे लाई ल्याएर सानीभेरी गाउँपालिकाका विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गराई सम्भाव्यता अध्ययन गरिएको हो । अध्ययन गर्ने टोलिले फाल्गुनको पहिलो साता सम्भावित क्षेत्रको योजनाको ड्रापफ्ट तयार गरी गाउँकार्यपालिकामा बुझाउने संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहलसिं घर्तीले बताउनु भयो । पर्यटन संग सस्कृति, आर्थिक समृद्धी तथा रोजगारी जोडिएकाले यस क्षेत्रको विकासमा सानीभेरी गाउँपालिकाले पाँच वर्षमा अनुभुती हुने गरी परिवर्तन गर्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनु भयो ।

३ कार्यशाला गोष्टिमा सानीभेरी गाउँ कार्यपालिका सदस्यहरु तथा स्थानिय अगुवाको सहभागिता थियो भने । संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुमका अध्यक्ष पहलसिं घर्ती, काठमान्डौबाट आका पर्यटन विज्ञ प्रकाश सुबेदी र हिमाल घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्