अब टेलिकमको पनि ‘ब्यालेन्स सापटी’ सेवा



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल टेलिकमले ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिने सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि नेपालमा सञ्चालीत अर्को टेलिकम्युनिकेसन् कम्पनी एनसेलले मात्रै सापटी सेवा सुरु गरेको थियो ।

टेलिकमको प्रतिस्पर्धि मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन । युवा पुस्ताले यस्तो सेवा खुबै रुचाएको पाएपछि नेपाल टेलिकमले पनि यो सेवा सुचारु गरेको हो ।

सोमबार टेलिकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्