शुरु भयो प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक



दीपक मनाङे आएनन्

नेपाल समाचारपत्र, पोखरा ।
प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक पोखरामा शुरु भएको छ ।

पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेबाट शुरु भएको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका छन् ।

बैठकमा अहिले दलका प्रतिनिधिहरुले मन्तव्य खाख्ने क्रम जारी छ ।
यस प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद् छन् ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले भने हालसम्म शपथ लिएका छैनन् । शपथ नै नलिएका कारण उनी बैठकमा सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्