विल्सन र ग्रिनल्यान्डलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
विल्सन एकेडेमी र ग्रिनल्यान्डले दोस्रो भानुभक्त विन्टर कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ। पानीपोखरीस्थित आयोजक भानुभक्त मेमोरियल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा विल्सनले ज्ञान निकेतनलाई ६८–५६ ले पराजित गरेका हो। विल्सनको जितमा पेम्बा शेर्पाले ४४ अंक योगदान गरे।

यस्तै गल्र्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले स्वप्न वाटिकालाई २१–१७ ले हरायो। ग्रिनल्यान्डको जितमा प्रमिला जागरीले १० अंक जोडिन्। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय पेम्बा र प्रमिला ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई नेपाल कराते महासंघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङ र भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले एक कार्यक्रमबीच पुरस्कृत गरे। माघ १५ गतेदेखि शुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्