एसएबी पब्लिकमा चिनियाँ स्प्रिङ फेस्टिभल



घट्टेकुलोको डिल्लीबजारस्थित एसएबी पब्लिक स्कुलले चिनियाँ पात्रोअनुसार नयाँ वर्षको शुभारम्भसँगै मनाइने स्प्रिङ फेस्टिभल विविध चिनियाँ तथा नेपाली सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गर्यो।

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यान कुन सोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक सोङले नेपाली र चिनियाँ संस्कृतिमा धनी भएको उल्लेख गर्दै एक–अर्काको संस्कृतिको आदान–प्रदानले दुवै देशको सम्बन्ध अझ घनिष्ट हुने विचार व्यक्त गर्नुभएको थियो।

सूर्योदय एजुकेसन फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना नानीबाबुलाई विभिन्न भाषामा दक्ष बनाउने उद्देश्य राखी चिनियाँ भाषा पनि विद्यालयमा शिक्षण गराइरहेको जानकारी दिँदै स्प्रिङ फेस्टिभलको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।

नेपाली र चिनियाँ सांस्कृतिक झाँकी प्रस्तुत भएको सो कार्यक्रममा एसएबी पब्लिक स्कुलका शिक्षक, अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्